News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं गोर्खाजले करण केसी, भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको हो।
- सामाजिक सञ्जालमार्फत काठमाडौंले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
- एनपीएल २०२५ को लागि आगामी अगस्तमा मिनी अक्सन हुनेछ।
१४ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।
काठमाडौंले शनिबार सामाजिक सञ्जालमार्फत रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो ।
काठमाडौंले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको हो ।
यसअघि सुदुरपश्चिम रोयल्स, चितवन राइनोज र लुम्बिनी लायन्सले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।
एनपीएल २०२५ का लागि आगामी अगस्टमा मिनी अक्सन हुने तय छ ।
प्रतिक्रिया 4