+
+
Shares

स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ, वीरको भीभीआईपी वार्डमा उपचार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १४:०७

१५ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल शनिबार वीर भर्ना भएका हुन् ।

‘उहाँलाई उच्च ज्वरो छ । थाइल्याण्डबाट फर्किएपछि अस्वस्थ्य हुनुभयो,’ अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो, ‘थाइल्याण्ड जानुभन्दा अगाडि नै ज्वरो थियो, त्यही ज्वरो निको नभएको जस्तो देखिन्छ ।’

मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार अस्पतालका विभिन्न विभागीय प्रमुख समेत उपचार प्रक्रियामा सहभागी छन् ।

मन्त्री पौडेलको स्वास्थ्य परीक्षण जारी रहेको छ । वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उनको उपचार भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?