+
+
Shares

विर्तामोडबाट ‘मिस नेपाल २०२५’को अडिसन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विर्तामोडबाट मिस नेपाल २०२५ को अडिसन सुरु भएको छ।
  • अडिसन असार २० गते नेपालगञ्ज, २४ गते जनकपुर र २८ गते काठमाडौंमा हुनेछ।
  • फिनाले भदौ १४ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ।

विर्तामोड । मिस नेपाल २०२५ ले पूर्वी नेपालको सहर विर्तामोडबाट देशब्यापी अडिसन सुरु गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

द हिडन ट्रेजर निर्देशक प्रमोद कंशाकार, मिस नेपाल २०२४ आस्माकुमार केसी, मिस नेपाल इन्टरन्यासनल २०२४ करुणा रावतले उक्त अवसरमा नयाँ संस्करणबारे कुरा गरे । आस्मा र करुणाले मिस नेपालको टाइटल जितेपछिको अनुभव सुनाएका थिए ।

सोमबार विर्तामोडमा अडिसन हुनेछ । अडिसनको क्षेत्रीय संयोजकको रुपमा सुनिता तामाङ छिन् ।

असार २० गते नेपालगञ्ज, असार २४ गते जनकपुर र असार २८ गते काठमाडौंमा अडिसन आयोजना हुनेछ । छनोट हुने प्रतियोगीले फिनालेको तयारीका लागि प्रशिक्षण प्राप्त गर्नेछन् । यसवर्षको मिस नेपालको फिनाले भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।

१४ सबटाइटलसहित मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरन्यासनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलोपटक ‘कोस्मो इन्टरन्यासनल’मा सहभागिता जनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?