+
+
Shares

असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउने निर्णय गरेको छ।
  • नेपाल चलचित्र विकास बोर्डले यस निर्णयको औपचारिक जानकारी दिएको छ।
  • असोज १ गतेलाई मनाउने योजना थियो, तर अब असोज १५ लाई मनाउने निर्णय भएको हो।

१६ असार, काठमाडौं । सरकारले अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रुपमा मनाउने घोषणा गरेको छ । असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो ।

नेपाल चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा आज यसको औपचारिक जानकारी गराएको छ ।

यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको थियो । अहिले भने चलचित्र विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषदले असोज १५ लाई चलचित्र दिवस मनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?