 
																						News Summary
Generated by OK AI. Editorially reviewed.- नेता राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकको हेरफेरमा संलग्नलाई कारबाही गर्न माग गरे।
- उनीहरूले हेरफेरमा संलग्नलाई कारबाही नभए राज्य व्यवस्था समितिको बैठकमा नबस्ने चेतावनी दिए।
- पाण्डेले कार्यपालिका हाबी भएको व्यवस्थापिकालाई सुधार गर्न र दोषीलाई कारबाही गर्न आवश्यक रहेको बताए।
१७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरमा संलग्नलाई छानबिन गरी कारबाही गर्नु पर्ने माग गरेका छन् ।
नेता पाण्डेले कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरमा संलग्नलाई कारबाही नगरिए राज्य व्यवस्था समितिको बैठकमा नबस्ने चेतावनी दिए ।
‘हेरफेरमा संलग्नलाई कारबाही गरिएन भने राज्य व्यवस्था समितिको बैठकमा हामी बस्दैनौं । प्रहरी विधेयक लगायत अरू महत्वपूर्ण विधेयक छन् ती पास पनि हुँदैनन्,’ पाण्डेले भने ।
उनले अगाडि भने, ‘हामी मात्रै होइन सबै सांसदले पास गर्ने एउटा निर्णय हुने अर्को संसदमा अर्को पुर्याउने काम हुँदोरहेछ भनेर एउटा अत्यन्त अविश्वासको वातावरण सिर्जना भयो ।’
व्यवस्थापिकामाथि कार्यपालिका हाबी भएको भन्दै उनले यस्तो कार्यले सिंगो व्यवस्थामाथि हानि पुर्याउँने बताए । उनले भने, ‘यसलाई सच्याउनुपर्छ र दोषीलाई कारबाहीको व्यवस्था हुनुपर्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4