+
+
WC Series
पोखरा एभेन्जर्स 2025
26/1 (4.1)
VS
९५ बलमा १४० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कुमारी बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्‍यो ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा

फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंकले नयाँ ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ।
  • सेवा मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्टमार्फत प्रयोग गर्न सकिन्छ।
  • ग्राहकहरूले ४५ दिनसम्म बिनाब्याज प्रयोग गर्न र सेटलमेन्टमा भुक्तानी विकल्प छान्न सक्छन्।

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्द्धन थप्दै ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार भर्चुअल क्रेडिट कार्ड कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सुचारु गर्न सक्ने छन् ।

फोनपेको क्यूआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म बिनाब्याज (सर्तहरू लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?