+
+
Shares

चार ठाउँमा खसेको पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते ८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ।
  • प्रहरी टोलीले बाटो खुलाउन प्रयासरत रहेको जनाएको छ।

१८ असार, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

तातोपानी डाँडा र बालुवा खानीमा आज बिहान करिब ५ बजेतिर पहिरो खसेको थियो । पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङ नेतृत्वको टोली खटिएको छ ।

बाटो खुलाउनका लागि रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो झरेको स्थान इलाका प्रहरी कार्यालय टिमुरेबाट अन्दाजी ३ किलोमिटर दक्षिणमा पर्दछ ।

यसैगरी फ्याङलुङ र लिङलिङमा बिहान करिब ३ बजेतिर पहिरो खसेको थियो । सो ठाउँमा स्याफ्रुबेंशीबाट प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर थापा नेतृत्वको टोली खटिएको छ । सो टोलीले पनि बाटो खुलाउन पहल गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?