+
+
Shares

जनकपुरमा ज्वाइँले गरे ससुराको हत्या

प्रहरीका अनुसार घरायसी विवादका कारण ज्वाइँले ससुरालाई चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारपछि गम्भीर घाइते भएका ससुराको प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत् घोषणा गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १२:२०

१८ असार, जनकपुरधा । जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो । विमललाई उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।

ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइए पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक बासुदेव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका आफ्नै काका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?