+
+
Shares

धनुषामा छुरा प्रहार गरी एक वृद्धको हत्या

जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १३:१७

१८ असार, धनुषा । धनुषामा छुराप्रहार गरी एक वृद्धको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएका वृद्धलाई आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको प्रहरीले जनाएको छ ।

विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान १० बजे घरमै छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै छुरा प्रहार गरेका हुन् ।

ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि वासुदेव गम्भीर घाइते भएका थिए ।

वृद्धलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?