
१८ असार, काठमाडौं । एनसेलले आफ्नो ‘सधैं अन करोडपति’ योजना अन्तर्गत दोस्रो हप्तासम्ममा २० भाग्यशाली ग्राहक छानेको छ । यसरी छानिएका साप्ताहिक विजेता ग्राहकलाई कम्पनीले प्रक्रिया पुर्याइ घोषणा गरे बमोजिम नगद पुरस्कार वितरण गर्दै आएको जनाएको छ ।
‘सधैं अन करोडपति’ एनसेलको हाल सञ्चालन रहेको एक ठूलो ग्राहक योजना हो । योजनामा हरेक हप्ता १० जनाले १÷१ लाख रुपैयाँ पाउँछन् भने अन्तिममा १ जना भाग्यशाली विजेता ग्राहकले नगद १ करोड बम्पर पुरस्कार पाउनेछन् ।
‘मैले ९९ को रिन्युअल प्याक लिएको थिएँ, २ वटा टिकट आएको थियो । दोस्रो हप्तामा १ लाख जितेँ । जित्छु भन्ने विश्वास नै लागेको थिएन । एकदम खुसी छु । मलाई ल्यापटपको धेरै आवश्यक थियो अब किन्छु । मेरो पढाइ र काममा ठूलो सहयोग हुन्छ,’ कुम्मायक गाउँपालिका– ४ पाँचथरकी सुजाता तामाङले भनिन् । हाल उनी अध्ययन र कामको सिलसिलामा काठमाडौंमा छिन् ।
यो योजनामा नगद पुरस्कार साथै सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवा लगायत विभिन्न सेवा बोनस स्वरूप प्राप्त गर्दछन् । विजेता ग्राहकलाई एनसेल आफैंले पनि सम्पर्क गर्ने र घोषणा भइसकेपछि नगद पुरस्कार लिन ढिलामा ३५ दिनभित्र कम्पनीको सम्पर्कमा आइसक्नुपर्ने एनसेलले जनाएको छ ।
‘म किसानको छोरो, कार्यलय सहयोगीको काम गर्छु । यो १ लाख भनेको त मेरो लागि करोडपति नै जस्तो लाग्छ । साँच्चै हुने रहेछ, धेरै खुसी लाग्यो । म यो पैसा बच्चाको पढाइ, लेखाइ र घरगृहस्थीमा खर्च गर्छु,’ गढवा गाउँपालिका– ६ बालापुर दाङका लक्ष्मण यादवले भने । उनी दोस्रो हप्ताका १० जना १ लाख नगद पुरस्कार विजेतामध्ये एक हुन् ।
आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्र अनुसार सञ्चालन भइरहेको यो योजना १ असारदेखि १२ हप्ताका लागि सञ्चालनमा रहने एनसेलले जनाएको छ । एनसेलले हरेक हप्ता साँझ ६:३० बजे कान्तिपुर टीभी, एनसेल एप र कम्पनीको युट्युब च्यानल मार्फत १ लाख नगद पुरस्कार विजेता ग्राहक छान्दै आएको छ ।
दोस्रो हप्ताका १ लाख नगर पुरस्कार जित्ने १० वटा टिकट नम्बर निम्न छन् :
डब्लु२–०३६२३२५५
डब्लु२–०१९९०८३५
डब्लु२–०३३००२८९
डब्लु२–०१९६०५२१
डब्लु२–०००९५५६१
डब्लु२–०२९४६१२५
डब्लु२–००४०३५१३
डब्लु२–०३०५८१४३
डब्लु२–०२०४९५६०
डब्लु२–०२१७७३४७
यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा त्यसभन्दा माथिको कुनै पनि एनसेल सेवा जस्तै, नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्दछ ।
ग्राहकले *१२३# डायल गरी नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई अथवा एनसेल एप, एनसेल वेबसाइट मार्फत एनसेल सेवा लिन सक्छन् । त्यसैगरी एनसेल प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्म मार्फत एनसेल सेवा लिन सकिन्छ ।
हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ टिकट प्राप्त गर्छन् । यदि ग्राहकहरुले ४ सय ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने उनीहरूले ५ वटा टिकट प्राप्त गर्दछन् ।
यो योजनाको अर्को विषेशता भनेको खुद्रा विक्रेताले समेत नगद पुरस्कार पाउने व्यवस्था हो । विक्रेताले आफ्नो पसलबाट ९९ वा त्योभन्दा माथिका सेवा वा प्याक बिक्री गरेको ग्राहकले यो योजनामा १ लाख जितेमा विक्रेताले नगद २५ हजार र बम्परको १ करोड जितेमा १ लाख जित्ने छन् । यसका साथै योजनासँग सम्बन्धित कमिसन र अन्य फाइदा पनि पाउँछन् ।
मिथिला नगरपालिका–३ मा रहेको शिभिका स्टोरले ५ सय ९९ रुपैयाँको सधैं अन रिन्युअल प्याक बेचेको ग्राहकले योजनाको पहिलो हप्तामा १ लाख जितेका थिए । ‘मैले सधैं अन रिन्युअल प्याक लिइदिएको ग्राहकले १ लाख जितेकाले मैले पनि छुट्टै २५ हजार नगद पुरस्कार पाएँ । एकदमै खुसी छु,’ सिभिका स्टोरका अमित चौधरीले भने । उनको विजयी ग्राहकले १२ वटा टिकट पाएका थिए ।
यस योजनाको अर्को ठूलो विशेषता भनेको रिन्युअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणका लागि सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्युअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकट प्राप्त गर्दछन् ।
एनसेल एपमार्फत *९९९९# डायल गरेर वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकट हेर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएको छ ।
कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहक यस योजनामा सहभागी हुन योग्य छन् ।
पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्छन् । पोस्टपेडका हरेक रिन्युअलमा टिकटहरू स्वचालित रूपमा ग्राहकलाई जारी हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4