+

बंगलादेश पहिलोपटक महिला एसियन कपमा छनोट

२०८२ असार  १९ गते ७:२३ २०८२ असार १९ गते ७:२३
बंगलादेश पहिलोपटक महिला एसियन कपमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश महिला फुटबल टोलीले पहिलो पटक एएफसी महिला एसियन कपमा छनोट प्राप्त गर्‍यो।
  • उनीहरूले म्यानमारलाई २–१ ले पराजित गरी तालिकाको शीर्ष स्थानमा पुगे।
  • बंगलादेशले महिला फुटबलमा ऐतिहासिक सफलता हासिल गरेको छ।

१९ असार, काठमाडौं । बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो ।

बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ।

यो जितसँगै बंगलादेश २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। बंगलादेशले अब अन्तिम खेलमा तुर्कमेनिस्तानविरुद्ध खेल्न बाँकी छ।

उक्त खेलमा पराजित भएपनि बंगलादेश म्यानमारको ६ अंक पुग्को खण्डमा हेड टू हेडमा अघि रहेर शीर्षमा यथावत् रहनेछ ।

म्यानमारको ३ अंक मात्र छ। अब उसले शनिबार बहराइनसँगको खेल जितेपनि ६ अंक हुनेछ जहाँ बंगलादेशसँग हेड टू हेडमा पछाडि परिसकेको छ ।

बंगलादेश महिला टोलीले यसअघि २०१४ र २०२२ को छनोट चरण पार गर्न सकेको थिएन । यसपटक भने ऐतिहासिक सफलता हात पारेको हो ।

पछिल्लो समय फुटबलमा उल्लेख्य प्रगति गर्दै आएको बंगलादेश नेपालको उपाधि यात्रामा पनि तगारो बन्दै आएको छ ।

बंगलादेशले साफ च्याम्पियनसिप २०२२ र २०२४ को फाइनलमा नेपाललाई हराएर उपाधि जितेको थियो ।

बंगलादेश महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय