News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतले फागुनमा दायर भएको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला सुनाएको छ।
- अखिल नेपाल फुटबल संघका महासचिव किरण राईविरुद्ध गणेश थापाले मुद्दा दायर गरेका थिए।
- अदालतले वादीको दाबी असत्य ठहर गर्दै मुद्दा खारेज गर्यो।
१९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध दायर गरिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ ।
गएको फागुनमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको भन्दै महासचिव राईविरुद्ध मुद्दा दायर गरेका थिए।
असार १८ गते न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै वादी थापाको दाबी नपुग्ने ठहर गरेको हो।
प्रतिक्रिया 4