+

एन्फा यू-१६ युथ लिगमा आर्मीको पुनरागमन जित

२०८२ असार  २० गते १८:४१ २०८२ असार २० गते १८:४१
एन्फा यू-१६ युथ लिगमा आर्मीको पुनरागमन जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले एन्फा यू-१६ युथ लिगको खेलमा हिमालयन शेर्पालाई ३–१ ले पराजित गर्‍यो।
  • खेलमा विष्णु सुनुवारले अग्रता दिलाएपछि सोहित वाइबाले बराबरी गोल गरे, र जोएल गुरुङ र सृजन मल्लले जित सुनिश्चित गरे।
  • यसअघि मनाङ मर्स्याङ्दी क्लबले श्री भगवती क्लबलाई २–१ गोलअन्तरले पराजित गर्‍यो।

२० असार, काठमाडौं । एन्फा यू-१६ युथ लिगमा त्रिभुवन आर्मी क्लबले पुनरागमन जित हासिल गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई ३–१ ले पराजित गरेको हो ।

खेलको १०औं मिनेटमा विष्णु सुनुवारले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए। तर ३१औं मिनेटमा सोहित वाइबाले बराबरी गोल गर्दै आर्मीलाई खेलमा फर्काए।

७९औं मिनेटमा जोएल गुरुङले दोस्रो गोल गर्दै आर्मीलाई अग्रता दिलाए भने ८०औं मिनेटमा सृजन मल्लले अर्को गोल थप्दै आर्मीको जित पक्का गरे।

यसअघि आजै भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले श्री भगवती क्लबलाई २-१ गोलअन्तरले हराएको थियो ।

एन्फा यू-१६ युथ लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय