+
+
Shares

शिक्षा समिति बैठक पर्सिका लागि बोलाइयो 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १९:०२
शिक्षा समिति बैठक/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समिति सभापति अम्मरबहादुर थापाले २२ असारमा विद्यालय शिक्षा विधेयक पास गर्न बैठक बोलाएका छन्।
  • विधेयक पास गर्न असार १६ मा तयारी थियो, तर शिक्षक पदपूर्ति र प्रतिशत विषयमा फरक मतले रोकिएको थियो।
  • सभापति थापाले सबै विषय मिलेको र विधेयक हुबहु पास हुने बताएका छन्।

२० असार, काठमाडौं । विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ  ।

समिति सभापति अम्मरबहादुर थापाका अनुसार पर्सि २२ असारलाई समिति बैठक बोलाइएको छ ।

‘पर्सि बैठक बस्छ । सबै विषय मिलिसक्यो,’ सभापति थापाले भने, ‘समितिमा लक भइसकेको छ । जे छ त्यो हुबहु पास हुन्छ ।’

१६ असारमा नै विधेयक पास गर्ने तयारी थियो । तर अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक ६० र खुला ४० प्रतिशत गर्नेमा कांग्रेसले फरक मत राखेपछि रोकिएको थियो ।

शिक्षक महासंघले आन्तरिक ७५ प्रतिशत र २५ प्रतिशत खुला गर्नुपर्ने माग राखेपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठक स्थगितको प्रस्ताव गरेका थिए । त्यसपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग वार्ता गर्न समय मागेका थिए ।

६०/४० प्रतिशतमा नै सहमति जुटेको छ ।  कार्य सम्पादन मूल्यांकनको अंकमा पनि मिलेको थिएन । ईसीडीमा कार्यरतलाई शिक्षक भन्ने वा नभन्नेमा विवाद छ । समिति सभापति थापाका अनुसार सबै विषय मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?