+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

केकी र राघवलाई लिएर निर्देशनमा नीराजनको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली मोडल कथा कलाकार नीराजन प्रधानले ‘माया बस्यो’ गीतको म्युजिक भिडियो निर्देशन गरे।
  • उनीले अभिनयभन्दा निर्देशनमा फर्किएका हुन् र भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय छ।
  • भिडियोको संगीत र सम्पादन समेत विभिन्न कलाकारहरूले गरेका छन् र नीराजनले निर्देशनमा नयाँ अनुभव प्राप्त गरे।

काठमाडौं । मोडल कथा कलाकार नीराजन प्रधान पुनः रंगीन दुनियाँमा फर्किएका छन् । तर, अभिनयमार्फत होइन निर्देशनमार्फत । उनी म्युजिक भिडियोमार्फत कलाकारितामा फर्किएका हुन् ।

उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको ‘माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय छ ।

पाश्र्वसंगीतको झल्को दिने गीतमा प्रेमिल जोडीको प्रेम छ । अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ । एकले अर्काको तारिफ गर्ने गीतले एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरेको छ ।

सुख दुःख सँगै काट्ने बाचा गर्दै एकअर्कालाई जिन्दगी सुम्पने प्रणसँगै सरगम घतानले लेखेको गीत टुंगिन्छ ।

योगेशकाजीको संगीत तथा एरेन्ज रहेको गीत मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन् । अर्जुन तिवारीको डिओपी रहेको भिडियोमा ड्रोन सट सुरेश काफ्लेको छ । सम्पादन तथा रंग संयोजन प्रवीन श्रेष्ठले गरेको भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ ।

नीराजन कुनै समय नेपाली म्युजिक भिडियोमा एकछत्र राज गरेका कलाकार हुन् । उनले केही चलचित्रमा पनि अभिनेताका रूपमा काम गरेका छन् ।

‘निर्देशन पनि गरौँ भन्ने पहिलेदेखि नै लागिरहेको थियो । तर, अहिले यो अवसर आयो’ नीराजन भन्छन्, ‘जसरी मलाई अभिनयमा रुचाइदिनुभयो, त्यस्तै मैले गरेको निर्देशनबाट पनि अपेक्षा गरेको छु ।’ सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसको सहकार्य रहेको भिडियोकी निर्मात्री सनुस्का दाहाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?