+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण समय तीन महिना थप

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १३:२७

२४ असार, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि पुन: थप गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले असोज मसान्तसम्मका लागि नवीकरणको समयावधि थपेको छ ।

सदस्यता व्यवस्थापन समितिले यसअघि असार मसान्तसम्मको समय तोकेको थियो । उक्त अवधिभित्र नवीकरणको कार्य सकिने अवस्था नबनेपछि थप तीन महिना बढाइएको हो ।

‘असारमा क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि २०८२ असोज मसान्तसम्मका लागि तोकिएको छ,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘सो अवधिभित्र पेश नभएका नवीकरण सम्बन्धी नामावली १५ औं महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) गरिने छैन ।’

नेताहरुका अनुसार हालसम्म पूर्व निर्धारित समय अनुसार नवीकरणको काम सक्ने जिल्ला न्यून छन् । क्रियाशील सदस्यता नवीकरणको कार्य सक्ने पहिलो जिल्ला गोरखा भएको छ भने प्रतिनिधि सभा क्षेत्रतर्फ काठमाडौं–४ पहिलो बनेको छ ।

कांग्रेस विधान अनुसार महाधिवेशन हुने वर्ष क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नपाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?