
२५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–११, थापाथलीमा रहेको पुलमुनि एक जना मृत अवस्थामा भेटिएका छन् ।
नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4