
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति डा. दीपक अर्यालले शपथ लिएका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेका हुन्।
२५ असार, काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले शपथ लिएका हुन् ।
कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए ।
शिक्षामन्त्री पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले दीपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।
जसमध्येबाट कुलपति ओलीले डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
१५ चैतमा प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।
२०५२ सालमा शिक्षण सहायकबाट त्रिविमा प्रवेश गरेका अर्याल उपकुलपति बने । उनी सेवा आयोगको प्रक्रिया पूरा गरेर त्रिवि छिरेका थिए ।
२०५४ सालमा स्थायी भएका उनी २०७६ सालमा प्राध्यापक भएका थिए । त्यसपछि उनी जल तथा मौसम विभागको प्रमुख समेत भए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुन् ।
प्रतिक्रिया 4