+
+
Shares

सिसनसँगको सहकार्यमा दुर्गेशले ल्याए ‘जाने भए जाम माया’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुर्गेश थापाले ‘जाने भए जाम माया’ गीत सामाजिक सञ्जालमा सार्वजनिक गरे।
  • गीत डान्सिङ ट्रयाक शैलीमा तयार पारिएको र युट्युबको संगीत खण्डमा तेस्रो स्थानमा छ।
  • गीतको शब्द, संगीत र संयोजन दुर्गेशले आफैले गरेका हुन् र यसमा सिसन र गुराँस नानीले स्वर दिएका छन्।

काठमाडौं । दुर्गेश थापाले भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा तयार पारेको गीत ‘जाने भए जाम माया’ युट्युबमा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा चर्चामा रहेकी गुराँस नानीलाई फिचर्ड गर्दै तयार पारिएको यो गीत डान्सिङ ट्रयाक शैलीमा तयार पारिएको छ । दुर्गेशले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको यो गीत युट्युबको संगीत खण्डतर्फको तेस्रो स्थानमा छ ।

यो गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको हो । स्वरमा पनि दुर्गेश र सिसनले सहकार्य गरेका छन् । साथमा अल्हाजी गेरोले समेत यसमा स्वर दिएका छन् ।

भिडियोमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकारहरू पनि देखिएका छन् । शिव विकको नृत्य निर्देशन रहेको गीतमा हरि हुमागाईंको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?