+
+
Shares

रुपन्देहीमा पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर रूपन्देहीमा एक बालकको मृत्यु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देहीको तिलोत्तमा नगरपालिका-७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतम पोखरीमा डुबेर मृत्यु भएका छन्।
  • इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले प्रज्ञान माछा पाल्न खनेर राखेको पोखरीमा पौडी खेल्न पसेका थिए ।

२६ असार, बुटवल । पोखरीमा डुबेर रूपन्देहीमा एक बालकको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका-७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाका अनुसार मणिग्रामका नारायण बन्जाडेले माछा पाल्न भनेर खनेर राखेको पोखरीमा प्रज्ञान बुधबार साँझ ६ बजे पौडी खेल्न पसेका थिए ।

साँझ ७ बजेपछि उद्धारका लागि गएको प्रहरी टोलीले राति १० बजे मात्रै पोखरीमा डुबेका प्रज्ञानलाई बाहिर निकाल्न सकेको रानाले बताए ।

बालकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?