
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघका नेताहरूलाई नियन्त्रणमा लिएको छ।
- प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- विद्यार्थीहरूले दोहोरो भर्ना बन्द, छात्रवृत्तिको पारदर्शी व्यवस्था, शिक्षक नियुक्ति र विद्यार्थी मैत्री शिक्षा ऐन जारी गर्न माग गरेका छन्।
२७ असार, काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नेविसंघका काठमाडौं अध्यक्ष अन्शुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पसका नेविसंघ अध्यक्ष प्रेम श्रेष्ठ, नेविसंघका कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरिका नेविसंघ उपाध्यक्ष रोहन देशार र त्रिचन्द्रका नेविसंघ नेता सतिश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको नेविसंघ नेता डा. नरेश भट्टले जानकारी गराए ।
विद्यालयमा दोहोरो भर्ना बन्द गर्नुपर्ने, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने र विश्वविद्यालयमा योग्यता आधारित नियुक्ति हुनुपर्ने लगायतका माग राखेर उनीहरूले प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4