
बायाँबाट क्रमशः शम्भुनाथ साह र विरेन्द्र साह सोनार ।
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यकारिणी सदस्य शम्भुनाथ साह र विरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधेको छ।
- अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले दुवैलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्र काटेका छन्।
- दुवैले सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गरेको कारणले स्पष्टीकरण सोधिएको छ।
२७ असार,काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दुई केन्द्रीय नेतालाई स्पष्टीकरण सोधेको छ ।
कार्यकारिणी सदस्य शम्भुनाथ साह र विरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधिएको हो ।
अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले दुवै जनालाई सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्र काटेका छन् ।
दुवै जनालाई सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गरेको कारणले स्पष्टीकरण सोधिएको छ ।
पार्टीको अहित हुने गरी कार्य गरेको हुँदा किन कारबाही गर्नु नपर्ने ? भन्दै स्पष्टीकरण सोधिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4