+
+
Shares

एक सातापछि सुनको मूल्य निर्धारण, तोलामा ३ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सातापछि सुनचाँदीको मूल्य निर्धारण गरेको छ।
  • सरकारसँग व्यवसायीको वार्ता सहमतिमा पुगेसँगै महासंघले विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।
  • आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय र चाँदी प्रतितोला २ हजार २२० रुपैयाँ मूल्य निर्धारण भएको छ।

२७ असार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सातापछि मात्रै सुनचाँदीको मूल्य निर्धारण गरेको छ ।

सरकारसँग व्यवसायीको वार्ता सहमतिमा पुगेसँगै महासंघले विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । मूल्य निर्धारण पनि शुक्रबारदेखि गरिएको महासंघले जनाएको छ ।
असार १९ यता सुनचाँदीको मूल्य निर्धारण भएको थिएन । असार १९ को तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ मूल्य निर्धारण भएको छ । १९ गते १ लाख ९२ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ बढेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार २२० रुपैयाँ पुगेको छ । यसअघि १९ गते २ हजार १७० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?