
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मन बिनाको धन'को प्रदर्शन मिति २१ कात्तिकमा तय भएको छ।
- निर्माता विष्णुमाया मैनाली र वितरकबीच प्रदर्शनबारे सम्झौता भएको छ र नेपाल वितरण अधिकार एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले किनेका छन्।
- फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त लगायत कलाकारको अभिनय छ र गीतमा टंक बुढाथोकीको संगीत छ।
काठमाडौं । फिल्म ‘मन बिनाको धन’को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकी निर्देशित फिल्म २१ कात्तिकमा हलमा रिलिज हुने भएको हो
निर्माता विष्णुमाया मैनाली र वितरकबीच प्रदर्शनबारे सम्झौता भएको छ । फिल्मको नेपाल वितरण अधिकार एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले किनेका छन् ।
फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा लगायतको अभिनय छ ।
बालगायक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत छ । दर्जी अहिले कक्षा ९ मा अध्ययनरत छन् ।
सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मको पटकथा र संवाद शिवम अधिकारीको छ । कार्यकारी निर्मातामा सपना शर्मा छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता हुन् ।
प्रतिक्रिया 4