+
एन्फा यू–१६ युथ लिग :

सुशान र स्वप्निलको ह्याट्रिक, प्लानिङमाथि चर्च ब्वाइजको गोलवर्षा

२०८२ असार  २७ गते २०:१९ २०८२ असार २७ गते २०:१९
सुशान र स्वप्निलको ह्याट्रिक, प्लानिङमाथि चर्च ब्वाइजको गोलवर्षा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्च ब्वाइज क्लबले एन्फा यू–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडलाई ९-० ले पराजित गरेको छ।
  • सुशान थापा मगरले पाँच गोल गरे भने स्वप्निल दर्नालले तीन गोल गरे।

२७ असार, काठमाडौं । सुशान थापा मगर र स्वप्निल दर्नालको ह्याट्रिक मद्दतमा एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज क्लबले फराकिलो जित निकालेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ९–० को विशाल अन्तरले पराजित गरेको हो।

चर्च ब्वाइजको जितमा सुशानले ह्याट्रिकसहित पाँच गोल गरे भने स्वप्निलले तीन गोल गरे। बाँकी एक गोल प्लानिङका खेलाडी सेलभम केसीले आत्मघाती रूपमा गरेका थिए।

सुशानले खेलको पहिलो मिनेटमै गोल गरेका थिए भने त्यसपछि ३१औं र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८२औं र ८४औं मिनेटमा थप २ गोल गरे।

स्वप्निलले २८औं, ३४औं र ६४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ५५औं मिनेटमा सेलभमबाट आत्मघाती गोल भएको थियो ।

लिगअन्तर्गत आजै भएका अन्य खेलमा एनआरटीले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले १-१ गोलको बराबरी खेले ।

फ्रेन्ड्सले संकटामाथि ३-१ को जित दर्ता गर्‍यो ।

एन्फा यू–१६ युथ लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय