+
+
Shares

चीनबाट फर्किएर झलनाथले भने- अध्यक्षमाथि प्रश्न गर्नुपर्ने हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते १४:२७

२८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालको विषयमा आफूहरूले पनि प्रश्न गर्ने अवस्था आउनसक्ने बताएका छन् ।

पतञ्जली जग्गा प्रकरणमा ३५ लाख धरौटीमा रिहा भएका अध्यक्ष नेपालबारे आफूले पार्टी बैठकमा दस्तावेजसहितको मत राखेको जानकारी गराउँदै खनालले यस्तो बताएका हुन् ।

शनिबार चीन भ्रमण सकेर स्वेदश फर्किएका खनाललाई सञ्चारकर्मीहरूले ‘भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुट्नुभएका तपाईंका पार्टी अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्नेकुरा कसरी विश्वास गर्ने ?’ भनेर प्रश्न गरेका थिए ।

उक्त प्रश्न जायज भएको भन्दै खनालले सचिवालय बैठकमा आफूले यही विषयमा केन्द्रित रहेर एउटा दस्तावेज पेस गरेको र उक्त दस्तावेजमाथि छलफल भएपछि बाँकी कुरा भन्ने बताए ।

‘यो आम जनताको प्रश्न तपाईंले गर्नुभयो । हामीले पनि यस्ता प्रश्नहरू गर्नुपर्ने हुनसक्छ । मैले हाम्रो पार्टीको सचिवालयको भर्खरै सम्पन्न भएको बैठकमा एउटा लिखित दस्तावेज प्रस्तुत गरेको छु,’ सम्मानित नेता खनालले भने, ‘त्यो दस्तावेज अहिले मैले बाहिर ल्याएको छैन । त्यो पार्टीभित्रै पहिला राखौँ भनेकाले पार्टीभित्रै राखेको छु, त्यसबारेमा छलफल हुन्छ, हुनेवाला छ । त्यो छलफल भइसकेपछि यो बारेमा भन्नुपर्ने कुरा भन्नेछु ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीको मात्रै नभइ सिंगो कम्युनिष्ट आन्दोलनलाई वैचारिक क्रान्ति कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिका बारेमा अघि बढाउन आवश्यक रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?