+

काभा मेन्स च्याम्पियन्स लिग खेल्न जाने हेल्प नेपाल स्पोर्ट्स क्लबको बिदाई

२०८२ असार  २८ गते १५:५५ २०८२ असार २८ गते १५:५५
काभा मेन्स च्याम्पियन्स लिग खेल्न जाने हेल्प नेपाल स्पोर्ट्स क्लबको बिदाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल संघले शनिबार काभा मेन्स च्याम्पियन्स लिग खेल्न जाने हेल्प नेपाल स्पोर्ट्स क्लबलाई बिदाई गरेको छ।
  • हेल्प नेपालले पोखरामा भएको राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जितेर काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो।
  • काभा मेन्स च्याम्पियन्स लिग जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुनेछ।

२८ असार, काठमाडौं । माल्दिभ्समा हुने काभा मेन्स च्यामम्पियन्स लिग खेल्ने जाने नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई बिदाई गरिएको छ । नेपाल भलिबल संघ (एनभीए) ले शनिबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाई गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, राखेप बोर्ड सदस्य जगत धामी, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णु बहादुर सिंह लगायतले बिदाई गरे ।

हेल्प नेपालले पोखरामा भएको एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।

काभा मेन्स च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, कीर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ ।

च्याम्पियन्स लिग यही जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुनेछ ।

हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक, एपीएफबाट विनोद बहादुर चन्द लगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । यस्तै दुई पाकिस्तानी खेलाडी पनि समावेश गरेको छ ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । घिसिङले क्लबले यहाँसम्म आईपुग्न ठूलो चुनाैती पार गर्नुपरेकोले अहिले यो सफलतामा आइपुगेको बताए ।

नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपाल स्पोर्ट्स क्लबले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए । हेल्प नेपालले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए ।

सुबास कुँवरको कप्तानीमा रहेको हेल्प नेपाल टोली सोमबार माल्दिभ्स जानेछ ।

हेल्प नेपाल स्पोर्ट्स क्लबका खेलाडीहरू

सुवास कुँवर (कप्तान)
विष्णुबहादुर क्षेत्री
सफल विक
चिरन्जिवि खड्का
विनोद बहादुर चन्द
याम बहादुर भण्डारी
मनिष मानन्धर
सन्तोष राई
रविन चन्द
रविन नगरकोटी
उस्मान मोहम्मद
आसिफ नाभिद

अफिसियलहरू
कोच : उत्सव खड्का
सहायक कोच : सुजन केसी
सहायक कोच : राजन कुमार उपाध्याय
टिम म्यानेजर : झम्क नारायण श्रेष्ठ
रेफ्री : विकास गुरुङ

काभा मेन्स च्याम्पियन्स लिग हेल्प नेपाल स्पोर्ट्स क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय