+

इन्डियन सुपर लिग फुटबल २०२५–२६ स्थगित

२०८२ असार  २८ गते १७:२६ २०८२ असार २८ गते १७:२६
इन्डियन सुपर लिग फुटबल २०२५–२६ स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेडले भारतीय फुटबल महासंघसँगको सम्झौता सकिन लागेकाले इन्डियन सुपर लिग २०२५–२६ सिजन स्थगित गरेको छ।
  • भारतीय फुटबल महासंघले कानुनी बाध्यताका कारण नयाँ सम्झौता नगर्न सर्वोच्च अदालतको निर्देशन पाएको र त्यसपछि सम्झौता प्रक्रिया रोकिएको जनाएको छ।
  • एफएसडीएलले नयाँ सिजन सम्झौता नभएसम्म लिग नहुने जानकारी क्लब मालिकहरूलाई दिएको र नयाँ होल्डिङ कम्पनी गठन गर्ने तयारी गरिरहेको छ।

२८ असार, काठमाडौं । इन्डियन सुपर लिग (आईएसएल)को २०२५–२६ सिजन हाललाई स्थगित गरिएको छ। लिग सञ्चालन गर्दै आएको संस्था फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेड (एफएसडीएल)ले भारतीय फुटबल महासंघ (एआईएफएफ) सँगको पुरानो सम्झौता सकिन लागेकाले नयाँ सिजनको योजना अघि बढाउन नसकिने जनाउँदै सिजन रोकेको हो।

संघ र एफएसडीएल बीचको मास्टर राइट्स एग्रिमेन्ट सन् २०१० मा भएको थियो, जुन सम्झौता २०२५ को डिसेम्बर ८ मा सकिँदैछ। तर त्यसअघि नै भारतको सर्वोच्च अदालतले संघलाई नयाँ सम्झौता नगर्न निर्देशन दिएको छ, जसका कारण अहिले दुईबीचको छलफल रोकिएको छ।

संघले शनिबार एक विज्ञप्ति जारी गर्दै यस लिग भारतको फुटबल संरचनाका लागि निकै महत्वपूर्ण भएको स्वीकार गरेको छ। तर कानुनी बाध्यता भएकाले तत्काल सम्झौता टुंग्याउन नसकिने बताएको छ।

संघले भनेको छ कि आईएसएल क्लब, खेलाडी, प्रशिक्षक, र दर्शकको हितका लागि लिगको निरन्तरतामा कुनै असर नपरोस् भन्ने चाहनासहित सबै सम्भावित उपायहरू अपनाइनेछ।

संघका अनुसार उनीहरूले २०२४ नोभेम्बरमा नै सम्झौता नवीकरणको प्रक्रिया सुरु गरेका थिए। त्यसपछि फेब्रुअरी र मार्च २०२५ मा दुबै पक्षबीच भेटघाट र छलफल भएको थियो।

मार्च ५ मा एफएसडीएलले प्रस्ताव पठाएको र संघले अप्रिल २१ मा काउन्टर प्रस्ताव दिएको थियो। तर अप्रिल २६ मा अदालतले नयाँ सम्झौता नगर्न भनेपछि प्रक्रिया रोकिएको हो।

एफएसडीएलले आईएसएल क्लब मालिकहरूलाई नयाँ सिजन सम्झौता नभएसम्म नहुने जानकारी गराइसकेको छ। साथै, उसले भविष्यमा आईएसएलको व्यवस्थापन गर्न नयाँ होल्डिङ कम्पनी गठन गर्ने तयारी गरिरहेको जनाइएको छ, जहाँ क्लबहरूको ६० प्रतिशत, एफएसडीएलको २६ प्रतिशत र संघको १४ प्रतिशत स्वामित्व रहने प्रस्ताव छ।

-टाइम्स अफ इन्डियाबाट

इन्डियन सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय