+

पूर्वकप्तान निरु बनिन् नेपाली यू–१७ महिला टिमको म्यानेजर

२०८२ असार  २९ गते १५:५७ २०८२ असार २९ गते १५:५७
पूर्वकप्तान निरु बनिन् नेपाली यू–१७ महिला टिमको म्यानेजर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा यू–१७ महिला टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन्।
  • अखिल नेपाल फुटबल संघले सहायक प्रशिक्षकमा नरेश थापा र गोलकिपिङ प्रशिक्षकमा चन्द्रादेवी दाहाल नियुक्त गरेको छ।
  • एन्फाका महासचिव किरण राईले तीनै जना पदाधिकारीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

२९ असार, काठमाडौं।  नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा आगामी साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार टिम म्यानेजरसहित सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षक पनि नियुक्त गरेको छ ।

सहायक प्रशिक्षकमा नरेश थापा र गोलकिपिङ प्रशिक्षकमा चन्द्रादेवी दाहाल नियुक्त भएका छन्।

तीनै जना पदाधिकारीलाई एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

यसअघि नेपाली यू–१७ महिला टोलीको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ नियुक्त भइसकेका छन् ।

निरु थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय