News Summary
Generated by OK AI. Editorially reviewed.- साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशविरुद्ध पहिलो हाफमा २-० गोलले पछि परेको छ।
- बंगलादेशका सिन्हा शिखा र सागोरिकाले क्रमशः १४औं र ३६औं मिनेटमा गोल गरेका थिए।
- नेपालले पहिलो हाफमा गोल गर्ने अवसर कम बनाएको र बंगलादेशले बल पोसेसनमा पकड राखेको छ।
२९ असार, काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशविरुद्ध पहिलो हाफमा २ गोलले पछि परेको छ ।
बंगलादेश पहिलो हाफमा २-० ले अगाडि छ । बंगलादेशका लागि सिन्हा शिखाले १४औं मिनेटमा तथा सागोरिकाले ३६औं मिनेटमा गोल गरेकी थिइन् ।
नेपालले पहिलो हाफमा गोल गर्ने मुभहरू खासै बनाउन सकेको छैन । बंगलादेशले नेपालविरुद्ध बल पोसेसनमा पनि पकड राख्दै निरन्तर आक्रमण बुनिरहेको छ ।
पहिलो खेलमा नेपालले भुटानलाई ६-१ तथा बंगलादेशले श्रीलंकालाई ९-१ गोलअन्तरले हराएका थिए ।
प्रतिक्रिया 4