News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली याक्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक तथा क्रिकेट निर्देशकको भूमिकामा निरन्तरता दिने निर्णय गरेको छ।
- क्लबले मल्लसँग एक वर्षको सम्झौता गरेको छ।
- कर्णाली याक्सले बलियो टिम बनाएर यस सिजनमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
३० असार, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई फेरि प्रशिक्षक तथा क्रिकेट निर्देशकको भूमिकामा निरन्तरता दिने निर्णय गरेको छ।
पहिलो सिजनमा मल्लको प्रशिक्षणमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो। त्यो सफलतामा उनले खेलेको भूमिकालाई ध्यानमा राख्दै क्लबले उनलाई निरन्तरता दिएको हो। क्लबका अनुसार मल्लसँग एक वर्षको सम्झौता गरिएको छ।
कर्णाली याक्सले यस सिजनका लागि मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ। रिटेन गरिएका खेलाडीहरूमा गुलशन झा, नन्दन यादव, बिपिन प्रसाद शर्मा, दिपेन्द्र रावत, अर्जुन घर्ति र युनिष सिंह ठकुरी छन्।
अघिल्लो सिजनमा भारतीय चर्चित खेलाडी शिखर धवनलाई अनुबन्धन गरेर चर्चा कमाएको कर्णाली याक्सले यसपटक पनि चर्चित अन्तर्राष्ट्रिय खेलाडी ल्याउने तयारी गरिरहेको छ। क्लबले बलियो टिम बनाएर यस सिजनमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया 4