+
+
Shares

घुस प्रकरणमा मुछिएका दुई मन्त्रीलाई बर्खास्त गर्न विवेकशील साझाको माग

भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका मन्त्रीहरू अझै पदमा रहनु आपत्तिजनक रहेको भन्दै विवेकशील साझाका प्रवक्ता प्रधानले यसले सरकारको निष्ठामाथि प्रश्न उठेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवेकशील साझा पार्टीले घुस लिएको आरोप लागेका मन्त्रीद्वय राजकुमार गुप्ता र बलराम अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
  • पार्टीका प्रवक्ता आशुतोष प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै मन्त्रीलाई बर्खास्त गरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
  • विवेकशील साझाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानकर्षण गराउँदै गहिरो छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

३० असार, काठमाडौं । विवेकशील साझा पार्टीले घुस लिएको आरोप लागेका दुई मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस डिल गरेको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले नहटाएको भन्दै विवेकशील साझाले ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका प्रवक्ता आशुतोष प्रधानले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै मन्त्रीलाई बर्खास्त गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका मन्त्रीहरू अझै पदमा रहनु आपत्तिजनक रहेको भन्दै विवेकशील साझाका प्रवक्ता प्रधानले यसले सरकारको निष्ठामाथि प्रश्न उठेको बताएका छन् ।

मन्त्री गुप्ता र अधिकारीले पदीय लाभको दुरुपयोग गरेको सार्वजनिक भइसक्दा पनि कारबाही नहुनु प्रधानमन्त्री ओलीको नेतृत्वमाथि औंला उठ्ने खतरा देखिएको विवेकशील साझाले भनेको छ ।

‘भ्रष्टाचारको दर्जनौं काण्डहरू अझैसम्म न्यायिक टुंगोमा नपुगेको वर्तमानमा बहालवाला मन्त्रीहरूकै संलग्नताले सुशासनको सवालमा मुलुक थप कमजोर अवस्थामा पुगेको पुष्टि भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विवेकशील साझाले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण गराएको छ । पार्टीले घुस प्रकरण सम्बन्धमा गहिरो छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अख्तियारलाई आग्रह गरेको छ ।

भ्रष्टाचारविरुद्ध सदैव स्पष्ट र कठोर भूमिकामा रहने विवेकशील साझाले प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?