+
+
Shares

अपराध र अन्याय विरुद्धको मनोवाद

अमृता लम्साल अमृता लम्साल
२०८२ असार ३१ गते ७:०८

एक्कासी खबर आयोउनी रहिनन्। न मनले मान्योमस्तिष्कले ठान्यो। तरयथार्थ त्यही थियो। सत्य त्यही थियो। उनी नरहेको खबरले मनमा पीडा र विरहको आगो बले पनिमस्तिष्कमा भने एकैपटक उनीमाथि गरिएको मानसिक हिंसाउनको गोपनीयताको हकमाथि गरिएको अपमानजनक व्यवहार सबै एकैपटक हुर्हुरिएर आयो। त्यसले आक्रोशको बाढी नै ल्यायो।

उनीमाथि गरिएको मानसिक हिंसा र शाब्दिक अपमानका शृंखलाको कारणउनी नियुक्त हुनलागेको पद थियो। शायदत्यो पदमा अरूलाई नै नियुक्ति लिनु थियो।

त्यसपछि शुरू भयोउनको व्यक्तिगत जीवनमाथि प्रहारचारित्रिक लाञ्छना। पढ्न नसकिने अक्षरहरूका खेती। योकुनै एक महिलामाथि मात्रै गरिने मानसिक र यौन हिंसाका दुर्व्यवहार होइनन्। यो तअधिकांश महिलाहरूमाथि गरिने उस्तै उस्तै व्यवहार हुन्। उनी त एक प्रतिनिधि पात्र मात्रै थिइन्।

उनी नरहेको दिनमा मनलाई यति धेरै चोट परेछ कि, ती दु:खद् यादहरू रोक्नै नसकिने गरी मानसपटलमा आएको आयै भैरह्यो।

चरित्रहत्या सदियौंदेखि प्रयोग गरिएको यस्तो औजार होजसले समाजमा रहेको कसैको इज्जत र स्थानलाई तहसनहस पारिदिन्छ। यो सामाजिकराजनैतिकसांस्कृतिक क्षेत्रमा लागेका व्यक्तिहरूलाई नियन्त्रणमा राख्दै उनीहरूको व्यक्तिगत स्वतन्त्रतामाथि दाग लगाउन प्रयोग गरिन्छ। त्यसको निमित्त गलत हल्ला चलाएर हुन्छ किनभएको आरोप लगाएर हुन्छ किकुनै भ्रमपूर्ण स्थिति सृजना गरिदिएर वा उनीहरूको व्यक्तिगत जीवनको गोपनीयताको हकलाई सडकमा ल्याएर हुन्छ मानसिक रूपले ध्वस्त बनाउने कोशिश गरिन्छ। त्यो प्रचलन नेपाली समाजमा विशेषगरी महिलाहरूको व्यक्तित्वलाई अंकुश लगाउन धेरै प्रयोग गरिन्छ। त्यो पनित्यस्ता महिलाहरूलाईजो जीवनलाई आफ्नै शर्तसामर्थ्य र होश–हवासमा जिउन चाहन्छन्उनीहरूमाथि चरित्रहत्याको हतियार अझै बढी प्रयोग गरिन्छ।

सन् १९५० मा अमेरिकी समाजशास्त्री तथा लेबर अर्गनाइजर जेरोमी डेविसले क्यारेक्टर एस्स्यासिनेसन (चरित्रहत्या)‘ नामक पुस्तक लेखेका थिएजसमा उनले लेखेका छन्–डरअज्ञानताईर्ष्याशंकाद्वेषआहारिसेपननिराशालाभआक्रामक स्वभावआर्थिक प्रतिद्वन्दिताभावनात्मक असुरक्षा र आफू कमजोर  महसुस गरेको मनस्थितिले गर्दा चरित्रहत्या गरिन्छन्।‘ यसो मनन गर्दा हो नै भन्ने लाग्छ।

हामी ती नारी जाति हौंजसले हजारौं वर्षदेखि मानवीय सन्तुलन कायम गर्दै आएका छौं। मानव जातिमा हाम्रो संख्या धेरै छ तापनि हामीले छायाँको रूपमा बाँच्नु परेको छ।‘  यी पंक्तिहरू महिलावादी लेखिका तथा पत्रकार रविन मोर्गान र उनका साथीहरू मिलेर सन् १९९४ मा विमेन्स इन्भारमेन्ट एन्ड डेभलपमेन्ट अर्गनाइजेसनको ग्लोबल स्ट्राटेजी मिटिङको घोषणामा लेखेका हुन्। यदिछायाको रूपमा बाँच्न तयार नहुने हो भनेअधिकांश समयमा चरित्रहत्याको लागि तयार हुनैपर्छ। त्यो कुरा कसैले नभने पनि हाम्रा अनुभव र हाम्रा अगाडि देखिने दृश्यहरूले प्रमाणित गर्दछ।

प्रेस काउन्सिलको आचारसंहिता लेख्नेहरूले एक ठाउँमा पत्रकारहरूले नग्न या घृणाडर र उत्तेजना फैलाउने खालका सामग्रीहरू प्रकाशन र प्रसारण गर्न नपाइने भनेर पनि उल्लेख गरिसकेपछि नै होपत्रकारिताको नाउँमा उनी र उनी जस्ता धेरैको चीरहरण गरिएको। त्यसोहुँदापत्रकारहरूको एउटा ठूलो तप्कानदेखे झैंनसुने झैं गरेर बसिदिन्छ

समाजका एक पक्ष त्यस्ता छन्जसले महिलाहरूलाई मानव भएर बाँच्न दिनै चाहँदैनन्। जसको मृत्युको समाचारले यी हरफहरू कोर्न बाध्य बनाइरहेछन्उनी एक सक्षम महिला थिइन्उच्च शिक्षिततर्कयुक्त तथ्य र प्रमाणका साथ बहस गर्न सक्ने सामर्थ्य भएकीआफ्नो क्षेत्रमा दह्रो उपस्थिति जनाएर बाँच्न सफल…. आदि केहीमा पनि उनी कम थिइनन्। तरयो समाजका केही व्यक्तिहरूलाई उनको नामको डर रहिरह्यो र त्यही डरलाई पत्रकारिता गरेको नाउँमा चरित्रहत्या र अपमानकारिताको माध्यमबाट उपयोग गरे। उनले गरेका सफल कार्यहरूको प्रशंसा नै नगरे पनिश्रेय समेत दिन कन्जुसी गरिरह्यो ।

त्यसको सट्टाउनको उपलब्धिलाई मान्यता दिनुपर्ला भनेर उनको चरित्रलाई नकारात्मक हतियारको रूपमा प्रयोग गरिरह्यो। त्यही ठाउँमा कुनै पुरुष भएको भएगरेका काम र कुराभन्दा बढी शाब्दिक सगरमाथा ठड्याइन्थ्यो। प्रशंसाको पुलले हिमाल, पहाडतराई–मधेश सबै जोडिन्थ्यो।

उनी र उनी जस्ता हरेक महिलाजसको गर्भमा प्रत्येक पुरुष नौ महिनासम्म रहन्छ, जसबाट प्रथम पटक स्तन-पान गरेर जीवन धान्ने आहारा लिन जान्दछजसले औंला समातेर हिंड्न सिकाउँछिन्, केवल आँखाले गुहारेको भरमा ती बाल-हृदयका हर्ष र विस्मात्का  बयानहरू लिपिबद्ध गरिदिन सक्छन्उनकै अस्तित्व‘ पटक–पटक नकारिन्छ। उनलाई अपमान र चारित्रिक हत्याको दलदलमा टाउकोसम्म नै गाडिन्छ।

उनी र उनीहरूको सफलतामाकानूनले उनलाई प्रदान गरेको नामजन्मिएको ठाउँ अनि पेशागत परिचय केहीको काम छैनत्यसैले उनीहरूको अस्तित्व समाजमा चरित्रहत्या गर्ने लाइसेन्स पाएका‘ हरूको हातमा खेलौना भएर नाचिरहेको हुन्छ।

हुन पनिहामी त्यस्तो समाजमा जन्मियौंजहाँ आँखा खुलेदेखि नै सुनाइयोपढाइयो, स्त्रीलाई कुमारीमा पितायुवा अवस्थामा पति र वृद्धावस्थामा पुत्रले रक्षा गर्दछन्… स्त्रीले स्वतन्त्र रहनुहुँदैन। चाहे ती पिताहरूलेउनी गर्भावस्थामै भएको समयमा दोबाटोको ढुंगो जस्तो ठोकर मार्दै हिंडुन्चाहे ती युवतीलाई पति बनेकै हकमा लात्ती र मुड्की कस्दै रहुन् या बूढीआमाले खाएका अन्नका हरेक गेडाका परिश्रम असुल्ने गरेरै छोराहरू (छोरा यस अर्थमा भनिएको हो कियहाँ आमाबाबु छोराकै साथमा बस्ने चलन छ) ले उमेर र रोगले जीर्ण बनाइसकेको शरीरलाई लदाउँदै गरुन् ! तर महिलाको अस्तित्व पुरुष विना हुनै सक्तैनरहनै सक्तैन !

त्यसैले होलाकसैसँग परिचय गर्न थाल्योअधेड उमेरकी महिला देख्ने बित्तिकै घुमिफिरी प्रश्न तेर्सिन्छअनि….. यहाँको श्रीमान् को त ?…. के गर्नुहुन्छ ?….. कता हुनुहुन्छ आदित्यादि ! कुरो उहीघुमिफिरी रुम्जाटार !! अनिती महिलाले आफ्नो परिचय पुरुषबेगर दिइन् भने सुरु हुन्छचारित्रिक तराजुको जोखाइ।

तर पनिउनी र उनी जस्तै जुझारू महिलाहरू हार्दैनन्/डगमगाउँदैनन्। अनवरत हिंडिरहन्छन्/जीवन संघर्षको  वहावमा हेलिइरहन्छन्। ‘अस्तित्वको लडाईं कुनै व्यक्तिविशेष पुरुषसँग होइनयो त पुरुष-प्रवृत्तिजो हैकम मात्र चलाउन जान्दछ‘ उसैसँग हो।

यो घरभित्रको शक्ति प्रयोजन बारेको होजीवनमाथि निर्णय जनाउन सक्ने अधिकारको अभिप्राय हो। आर्थिक स्रोतमा हालीमुहाली गर्न पाउने विषयसँग सम्बन्धित कुरो पनि हो।

समग्रमा भन्नुपर्दाएउटी महिलाले व्यक्तिको रूपमा जीवन्त भएर बाँच्न पाउने अधिकारको हो। त्यसको लागि पुरुषले आफ्नो अस्तित्व जन्मिएदेखि नै जनाउन पाउने तर महिलाले आफ्नो अस्तित्व जनाउन पुरुषरूपी बैसाखी‘ कै प्रमाण जुटाइरहनुपर्ने नभएचारित्रिक प्रमाणपत्र पेश गरिरहनुपर्ने ?

चाहे क्यारोल हेन्स्चले सन् १९६९ मा लेखेको निबन्धले उठाएको पर्सनल इज पोलिटिकल (निजी कुरा नै राजनैतिक कुरा हो) बहस होस् या सन् १९९४ को रविन मोर्गान तथा साथीहरूले लेखेको महिलाको विश्वास सम्बन्धी घोषणा-पत्रजसले महिलाहरूलाई एउटा व्यक्तिको रूपमा सम्मान पाउन, स्वतन्त्र भएर बाँच्न पाउने अधिकारको वकालत गर्दछ। तरत्यही तथ्यहरूलाई स्वीकार गर्न नचाहनेहरूले त्यहाँ चरित्रहत्याको हतियार उज्याइहाल्छन्।

पत्रकारिताको नाममा उनी र उनीहरूको चरित्रहत्या गरेर जीविका चलाउनेहरू होतिमीहरू उनी/हामीहरूको चरित्र हत्या गरेर पैसा कमाएर पेट पाल्दै गरहामी तिमीहरूले हामीमाथि गरेको अपराध र अन्याय विरुद्ध लड्दै गर्छौं ।

उनी र उनी जस्ताहरूले त्यो लडाईं नहारिकन लडेत्यसको बदलामा आफ्नो मानसिक स्वास्थ्यलाई कैयौं पटक ब्रह्मनालमै तेर्स्याए। तर पनि हारेनन्। गुनासोको पेटारो बाँधेर बसेनन्। जीवन आफ्नो शर्तमा बाँचे। त्यही कुरा धेरैलाई पचेन। त्यही निहुँमाद्रौपदीको जस्तै उनको र उनीहरूको चीरहरण भइरह्यो।

यस्तै कुराहरू मनमा आइरहँदा उनको मृत्युमा मन बिथोलिइरह्यो। उनी र उनी जस्ताआफ्नो शर्तमा जीवनयापन गर्न चाहने महिलाहरूलाई सभामाचौतारामासमाचारपत्रको नाममा महिला अस्मिता बेचेर पैसा कमाउने‘ माध्यममा प्रयोग गरिंदा मनबाट आगो निस्कन्छउनको मृत्युमा ती सबै कुराहरू उदासीन मनस्थितिमा फेरि आँखाअगाडि तेर्सियो। किनकित्यस्ता व्यवहारउनी/हामी/तिमी….सबैले कतै न कतैकुनै न कुनै बेला व्यहोर्‍यौंव्यहोरिरहेछौं।

बरुएउटा लठ्ठीमा झुत्रा–झाम्रा बेरेर उभ्याइदिएको बुख्याँचाको मान हुन्छ यो समाजमातर महिलाको अस्तित्व चिनाउन पुरुषको सहारामा नउभिएका महिला छन् भनेउनीहरूको चीरहरण हुनैपर्छ भन्ने मानसिकता बोकेका अधिकांश सदस्य भएको समाज हो यो। उनी र उनीहरू नदीको वहावलाई उल्टो बगाउन कदम चाल्नेहरू हुन्जसलाई सफलता सजिलै हात पर्दैन।

यो समाजले बुझ्ने भएदेखि नै सिकाउने संस्कारी शिक्षा, ‘तिमीहरूको जन्म नै  उपल्लो दर्जाको परिवार र शक्तिशाली पति प्राप्त गरेरउनीहरू रिझाउन भएको हो। त्यसैले सहेर बस ! जान्ने नहोऊ ! होइन भने खैरियत छैन !‘  हो।

यस्तोमा चित्त नबुझेको व्यवहार र कुरामा प्रश्न र प्रतिकार गर्ने महिलाको चरित्रहत्या नभए के हुनु तहोइन त दिग्गज वर्गहरू ? एउटा पत्रकारको रूपमा आफूलाई समाजमा स्थापित गराउन चाहने व्यक्ति (अपवादलाई छाडेर)घर भित्र पस्ने बित्तिकै आफ्नै श्रीमतीछोरीबहिनीदिदी सबैलाई शरीर ढाकेर हिंड्नुपर्ने उपदेश दिन्छनतर आफैं काम गर्ने पत्रिकामा महिलाको अपमान गरेर समाचार र पाठकीय सामग्री तयार पार्ननाङ्गा तस्बिर छापेर मनोरन्जन लिन किञ्चित हिच्किचाउँदैन। अझ उल्टोत्यही बिक्री गरेर पैसा पनि बटुल्छ। अरूको गोपनीयताको हकको शोषण गर्दै समाचार या अन्य सामग्री छाप्न या कतै प्रयोग गर्न पनि अलिकति संवेदनशीलता देखाउन चाहँदैन।

देशमा प्रेस काउन्सिल नामको संस्था पनि छ। प्रेस काउन्सिलको आचारसंहिता लेख्नेहरूले एक ठाउँमा पत्रकारहरूले नग्न या घृणाडर र उत्तेजना फैलाउने खालका सामग्रीहरू प्रकाशन र प्रसारण गर्न नपाइने भनेर पनि उल्लेख गरिसकेपछि नै होपत्रकारिताको नाउँमा उनी र उनी जस्ता धेरैको चीरहरण गरिएको। त्यसोहुँदापत्रकारहरूको एउटा ठूलो तप्कानदेखे झैंनसुने झैं गरेर बसिदिन्छ। यदि कसैले उजुरबाजुर गरिहाल्यो भने पनि त्यसको निराकरण हुन ठूलै समय लाग्छ।

चीरहरण हुनेहरूको जमातलाई भने समाजको भय हुन्छपरिवारका मूलीहरूको नदेखिने तर स्पष्टै महसुस गरिने, ‘चुप लागेर नबसेर किन परिवारकै बेइज्जती गराउन खोजेको ?’ भन्ने दबाब हुन्छ। यो स्थितिलाईरविन मोर्गानको भाषामा यसरी बिट मार्न सकिन्छ–  ‘हामी ती महिला हौंजसको बारेमा पुरुषहरूले चेतावनी दिन्छन्।‘ कहिलेकाहीं लाग्छयदि महिलाहरू पहिलेदेखि नै शिक्षित हुन पाएका भएउनीहरूले अस्तित्वको तराजुमा बराबरको हिस्सा पाएका भएशास्त्र र पुराणमा आधारित रहेर खाका कोरिएको हाम्रा समाजका नियम–कानूनहरू उनीहरूद्वारा पनि लेखिने थियो होला र त्यसमा आफ्नो वर्चस्वको हक पनि छुटाउँदैन थिए होलान् ! त्यसो भएको भएसमाजको काया एकाङ्गी हुने थिएन होला! तर स्थिति ठिक उल्टो भयोयसलाई रविन तथा साथीहरूले थोरै शब्दमा धेरै भनेका छन्, हजारौं वर्षदेखि महिलाहरूलाई विना शक्ति ठूलो जिम्मेवारी प्रदान गरिएको छ भने पुरुषहरूसँग विना जिम्मेवारी अत्यधिक शक्ति सञ्चित रहेको छ।‘ त्यसै कारणलेशक्ति नभएका मानिसहरूलाई जसो गरे पनि हुन्छ भन्ने सोचले जरो गाडेको छ।

यति लेखेर उनी र उनी जस्ता सबैप्रति सम्मानका साथ श्रद्धाको पुष्प अर्पण गर्दछु। पत्रकारिताको नाममा उनी र उनीहरूको चरित्रहत्या गरेर जीविका चलाउनेहरू होतिमीहरू उनी/हामीहरूको चरित्र हत्या गरेर पैसा कमाएर पेट पाल्दै गरहामी तिमीहरूले हामीमाथि गरेको अपराध र अन्याय विरुद्ध लड्दै गर्छौं ।

(नोटयो म जन्मिएको समाजमा धेरै महिलाले भोगेको स्थितिको मनोवाद होकसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ।)

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?