News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लकेन लिम्बुलाई कम्बोडियाको किरिभोङ सोक सेन चे एफसीले अनुबन्ध गरेको छ ।
- २२ वर्षीय लकेनले दिल्ली एफसी र झापा एफसीमा कप्तानी गरेका छन् र नेपालमा उत्कृष्ट मिडफिल्डर मानिन्छन् ।
- लकेनले किरिभोङमा अनुबन्ध भएपछि आफ्नो अनुभव टिमका लागि प्रयोग गर्ने बताए ।
३१ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मिडफिल्डर लकेन लिम्बुले कम्बोडियाको फुटबल लिग खेल्ने भएका छन् ।
कम्बोडियाको किरिभोङ सोक सेन चे एफसीले मिडफिल्डर लकेनलाई लिगका लागि अनुबन्ध गरेको जनाएको छ ।
सिंगापुरमा हुर्केका २२ वर्षीय लकेनले इन्डियन लिगमा दिल्ली एफसीबाट खेलिसकेका छन् । जहाँ उनले केही खेलमा कप्तानी समेत गरेका थिए । यस्तै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा लकेनले झापा एफसीको कप्तानी नै सम्हालेका थिए ।
लकेन वर्तमान समयमा नेपाली फुटबलमा उत्कृष्ट मिडफिल्डरमध्ये मानिन्छन् । छोटो समयमै राष्ट्रिय टिममा स्थान बनाएका लेकन पछिल्लो दुई वर्ष लगातार राष्ट्रिय टिममा छन् ।
किरिभोङमा अनुबन्ध भएपछि लकेनले खुशी व्यक्त गर्दै आफ्नो अनुभव टिमका लागि प्रयोग गर्ने बताएका छन् । ‘किरिभोङको प्रतिनिधित्व गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो । म नेपाल र भारतमा चार वर्षदेखि व्यवसायिक फुटबल खेलिसकेको छु । जसमा मैले बलिया टिमसँग/विरुद्ध खेलिसकेको छु । त्यो अनुभवलाई अब क्याम्बोडियामा प्रयोग गर्न उत्साहित छु।’ उनले भने ।
कम्बोडियाको शीर्ष डिभिजनको लिग कम्बोडियन प्रिमियर लिगको नयाँ सिजन आउने अगष्टमा सुरु हुँदैछ । जहाँ किरिभोङसहित ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
किरिभोङले लकेन बाहेक क्यानडाका काएल डेगेलमन र उज्वेकिस्तानका सोखरुखबेख खोल्मातोभलाई विदेशी खेलाडी कोटामा अनुबन्ध गरिसकेको छ ।
लकेनले नेपालमा थ्री स्टार क्लबबाट लिग खेलेका थिए ।
तर हाल नेपालमा शीर्ष डिभिजनको लिग आयोजना नहुँदा खेलाडीहरु कोही विदेश पलायन भइसकेका छन् भने केही खेलाडी यसरी विदेशी लिगमा खेल्न गएका छनु ।
प्रतिक्रिया 4