+
+
Shares

सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खसेर ३ जना घाइते, एकको अवस्था गम्भीर

घाइतेमध्ये सवइन्जिनियर न्यौपानेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खस्दा तीन जना घाइते भएका छन्।
  • घाइतेमध्ये सवइन्जिनियर सुनिल न्यौपानेको अवस्था गम्भीर रहेको र उनलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ।
  • इलाका प्रहरी कार्यालय लामाबगरबाट उद्धार गरिएको र अन्य दुई घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

३२ असार, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खस्दा सव–इन्जिनियर सहित तीन जना घाइते भएका छन् ।

विगुगाउँपालिका-१ स्थित हुरहुरेमा रहेको सानिमा हाइड्रोपावरको बाटो सर्भे गर्ने क्रममा माथिबाट पहिरो खस्दा सव–इन्जिनियर नुवाकोट बिदुर नगरपालिका वडा-४ बस्ने  २९ वर्षीय सुनिल न्यौपाने, रामेछाप लिखु तामाकोशी गा.पा वडा नं. ४ बस्ने २९ वर्षीय को विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. १ भोटेचौर बस्ने  २७  वर्षीय सन्दिप चौलागाईं घाइते भएका हुन् ।

घाइतेमध्ये सवइन्जिनियर न्यौपानेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।

न्यौपानेको टाउकोमा चोट लागेको र अवस्था गम्भीर (बोल्न नसक्ने) भएकोले उनलाई श्रीएयरलाइन्सको हेलिकोप्टर मार्फत हेम्स अस्पताल धुम्बाराही काठमाडौं पठाएको दोलखा प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई इलाका प्रहरी कार्यालय लामाबगरबाट गएको प्रहरीले उद्धार गरेको थियो । घाइतेमध्ये बुढाथोकी र चौलागाईंको बाहिरी चोट पटक नदेखिएको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?