News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेष्ट महिला भलिबल लिग टोली मधेश युनाइटेडको मुख्य प्रशिक्षकमा कोपिला उप्रेती नियुक्त भएकी छन्।
- उपेतीले टिमलाई आत्मविश्वासी बनाएर उपाधि जित्ने लक्ष्य राखेको बताएकी छन्।
- उनी नेपाली महिला राष्ट्रिय भलिबल टिम र नेपाल पुलिस टिमको कोचिङ स्टाफमा काम गरिसकेकी छन्।
३२ असार, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) टोली मधेश युनाइटेडको मुख्य प्रशिक्षकमा कोपिला उप्रेती नियुक्त भएकी छन् ।
पूर्व राष्ट्रिय खेलाडी समेत रहेकी उप्रेती इडब्लुभीएलकै पहिलो महिला प्रशिक्षक हुन् । यसअघि मधेशको प्रशिक्षकमा भरत यादव थिए ।
प्रशिक्षक नियुक्त भएपछि उप्रेतीले दोस्रो संस्करणमा मधेशको प्रशिक्षक बन्ने अवसर पाउँदा खुसी लागेको बताइन् । उनले टिमलाई आत्मविश्वासी बनाएर उपाधि जित्ने लक्ष्य राखेको बताइन् ।
कोपिलाले यसअघि नेपाली महिला राष्ट्रिय भलिबल टिम र नेपाल पुलिस टिमको कोचिङ स्टाफमा रहेर काम गरिसकेकी छन् ।
नेपाली राष्ट्रिय टोलीबाट एक दशक भन्दा बढी समय खेलिसकेकी उनले सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १०औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।
उनी राष्ट्रिय टिमको उपकप्तान समेत भएकी थिइन् । उनले एफआईभिबी लेभल टु कोचिङ कोर्स गरेकी छिन् ।
प्रतिक्रिया 4