+
+
Shares

ट्रकमा भुस लोड गर्ने क्रममा करेन्ट लाग्दा सहचालकको मृत्यु, २ मजदुर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १७:०९
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको लालबन्दीमा करेन्ट लागेर रौतहटको बृन्दावन नगरपालिका-७ का ३० वर्षीय विनेश पासवानको मृत्यु भएको छ।
  • पासवानले न्यू माँ राजदेवी खाद्य उद्योगमा ट्रकमा भुस लोड गर्ने क्रममा त्रिपाल हटाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
  • उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको र अन्य दुई घाइतेको उपचार भइरहेको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

१ साउन, काठमाडौं । सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहटको बृन्दाबन नगरपालिका-७ का ३० वर्षीय विनेश पासवान रहेका छन् ।

लालबन्दी नगरपालिका-१ लखनदेही पुल नजिकै न्यू माँ राजदेवी खाद्य उद्योगमा ना.६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा उनलाई करेन्ट लागेको थिय ।

ट्रकको सहचालक समेत रहेका पासवानले ट्रक माथि लगाइएको त्रिपाल हटाउने क्रममा विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका ट्रकमा काम गर्ने अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?