
१ साउन, रौतहट । रौतहटको गौरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका-८ का नितेशकुमार पण्डित र पिन्टुकुमार यादव रहेका छन् ।
बीआर०५यू५८६० नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा सवार पण्डित र यादवलाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथमा रहेको कालो रङ्गको झोलाबाट ३ हजार थान नाइट्राभेट लगायत ट्याबलेट र ९ सय थान फेनारगन सहितको लागुऔषध बरामद भएको रौतहटका डीएसपी दिपक रायले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई लागुऔषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको डीएसपी रायले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4