
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा चौकीदार कैदी प्रमानन्द गुप्ताले १० जना बाल बिज्याइकर्ताबाट १० लाख १५ हजार ३७० रुपैयाँ ठगी गरेको पाइएको छ।
- गुप्ता लागुऔषधको कसुरमा बाल सुधार गृह चलान भएका थिए र ३२ असारमा कैद भुक्तान गरेर निस्कन लाग्दा पीडितहरूले उजुरी दिएका थिए।
- पक्राउ परेका गुप्ताविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
२ साउन, काठमाडौं । बाल सुधार गृहभित्रै ठगी भएको पाइएको छ । पर्साको वीरगञ्जमा रहेको बाल सुधार गृहमा ठगी भएको हो ।
ठगी आरोपमा बाल सुधार गृहका चौकीदार कैदी प्रमानन्द गुप्ता पक्राउ परेका छन् ।
सिरहाको लाहन नगरपालिका–३ घर भएका गुप्ताले १० जना बाल बिज्याइकर्ताबाट उनले १० लाख १५ हजार ३७० रुपैयाँ ठगी गरेको पाइएको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले बताए ।
ठगी आरोप लागेका चौकीदार कैदी गुप्ता लागुऔषधको कसुरमा बाल सुधार गृह चलान भएका थिए ।
कैद भुक्तान गरेर ३२ असारमा उनी निस्कन लागेपछि पीडित बाल बिज्याइकर्ताहरूले बाल सुधार गृह प्रशासनमा उनीविरुद्ध उजुरी दिएका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । दबाब र प्रभावमा पारी इसेवामावर्फत उनले उक्त रकम ठगी गरेको आरोप छ ।
पक्राउ परेका गुप्ताविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4