
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद ठाकुर गैरेले कलंकी–महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन्।
- गैरेले नारायणगढ–बुटवल सडक खण्डमा समस्या भएको उल्लेख गर्दै चक्रपथ स्तरोन्नति गर्दा त्यस्तो प्रवृत्ति दोहोरिन नदिन सचेत गराएका छन्।
- उनले चक्रपथ निर्माण उत्कृष्ट ढंगले सम्पन्न गर्न र बसुन्धरा क्षेत्रको समस्या सरकारसँग समाधान गर्न आग्रह गरेका छन्।
२ साउन, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती खेप्नुपरेको र अहिले त्यही प्रवृत्ति दाउन्ने क्षेत्रमा दाहोरिएको भन्दै यसबारे सचेत रहन आग्रह गरे ।
उनले उक्त सडक खण्डको काममा सरकारको निकै आलोचना भएको उल्लेख गर्दै चक्रपथ स्तरोन्नति गर्दा त्यो प्रवृत्ति दोहोरिन नदिन सचेत गराए ।
उनले चक्रपथ निर्माणलाई सुरुदेखि अन्त्यसम्म उत्कृष्ट ढंगले काम गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।
वर्षौंपछि चक्रपथ निर्माणले गति लिनु सकारात्मक भएको उल्लेख गर्दै उनले बसुन्धरा क्षेत्रको समस्या समाधान गर्न पनि सरकारसँग आग्रह गरे ।
यदि चिनियाँ सरकारकै सहयोग अन्तर्गतको प्रोजेक्टमा बसुन्धरा क्षेत्रको तीन सय मिटर क्षेत्रलाई समेट्न नसके सरकारले अरू स्रोत जुटाएर भएपनि पूरा गर्नुपर्ने उनको भनाइ छ ।
सांसद गैरेले तोकिएकै समयमा सम्पन्न हुने र एउटा राम्रो सन्देश दिने हिसाबले काम गर्न आग्रह गरे ।
प्रतिक्रिया 4