+

एभरेष्ट महिला भलिबल लिग : अक्सनपछि कुन टिम कस्तो बन्यो ?

२०८२ साउन  २ गते १८:२६ २०८२ साउन २ गते १८:२६
एभरेष्ट महिला भलिबल लिग : अक्सनपछि कुन टिम कस्तो बन्यो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको ऐतिहासिक अक्सन काठमाडौंमा सम्पन्न भएको छ।
  • सबै ६ टोलीले मार्की खेलाडी सहित विभिन्न क्याटेगोरीबाट नेपाली खेलाडी अनुबन्ध गरेका छन्।

२ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको ऐतिहासिक अक्सन काठमाडौंमा सम्पन्न भएको छ । सबै ६ टोलीले अक्सनमा विभिन्न क्याटेगोरीबाट नेपाली खेलाडी अनुबन्ध गरेका छन् ।

यसअघि ६ वटै टोलीको मार्की खेलाडी पनि टुंगो लागिसकेको छ । मार्की खेलाडी स्वत: ए क्याटेगोरीकै हुनेछन् भने अक्सनबाट थप ६ जना खेलाडी ए क्याटेगोरीमा छानिए ।

अक्सनपछि कुन टिम कस्तो देखियो त ?

मधेश युनाइटेड

मधेशको मार्की खेलाडीमा निरुता ठगुन्ना छन् । अक्सनबाट एक क्याटेगोरीमा आरती सुवेदी अनुबन्ध गरेको छ ।

बी क्याटेगोरीबाट कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट अनुबन्ध भए ।

सी क्याटेगोरीबाट बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना अनुबन्ध भए ।

मधेशको टोली : निरुता ठगुन्ना (मार्की), आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना

कर्णाली यशविस

कर्णाली यशविसको मार्की खेलाडीमा सुमित्रा रेग्मी छन् । अक्सनबाट ए क्याटेगोरीमा सफिया पुन अनुबन्ध भएकी छन् ।

रश्मित दुरा, जश्ना महतो पुजा थारु बी क्याटेगोरीमा अनुबन्ध भएका छन् ।

त्यस्तै नेबिका चौधरी, रेबिका लामा तमु, एलिशा भोजु सी क्याटेगोरीमा अनुबन्ध भए ।

कर्णालीको टोली : सुमित्रा रेग्मी, सफिया पुन, रश्मित दुरा, जश्ना महतो, पुजा थारु, नेबिका चौधरी, रेबिका लामा तमु, एलिशा भोजु

पोखरा निन्जाज

पोखराको मार्की खेलाडीमा प्रगति नाथ छन् । अक्सनबाट ए क्याटेगोरीमा पुनम चन्द अनुबन्ध भइन् ।

बी क्याटेगोरीमा मिना सुनार, सुनिता खत्री र गरिमा बोहरा अनुबन्ध भए ।

त्यस्तै सी क्याटेगोरीमा एन्जिला प्रधान, निशा महर र भावना तामाङ अनुबन्ध भए ।

पोखराको टोली : प्रगति नाथ, पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, एन्जिला प्रधान, निशा महर, भावना तामाङ

ललितपुर क्विन्स

ललितपुरको मार्कीमा सलिना श्रेष्ठ छन् । अक्सनबाट ए क्याटेगोरीमा संगम महतो अनुबन्ध भइन् ।

बी क्याटेगोरीमा लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगर अनुबन्ध भए ।

सी क्याटेगोरीमा निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी अनुबन्ध भए ।

ललितपुरको टोली : सलिना श्रेष्ठ, संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी, भावना डाँगी

काठमाडौं स्पाइकर्स

काठमाडौंको मार्की खेलाडीमा उषा भण्डारी छन् । अक्सनबाट ए क्याटेगोरीमा कबिता भट्ट अनुबन्ध भइन् ।

बी क्याटेगोरीमा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर अनुबन्ध भए ।

सी क्याटेगोरीमा बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री अनुबन्ध भए ।

काठमाडौंको टोली : उषा भण्डारी, कबिता भट्ट, मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री

लुम्बिनी लाभाज

लुम्बिनीको मार्की खेलाडीमा अरुणा शाही छन् । अक्सनबाट ए क्याटेगोरीमा कामना विष्ट अनुबन्ध भइन् ।

बी क्याटेगोरीमा एलिशा मानन्धर, शान्तिकला तामाङ र जेनिशा बिक अनुबन्ध भए ।

सी क्याटेगोरीमा रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी अनुबन्ध भए ।

लुम्बिनीको टोली : अरुणा शाही, कामना विष्ट, एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा बिक, रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी

इडब्लुभीएल अक्सन एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय