News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको १४औं साधारण सभा सम्पन्न भएको छ।
- अधिवेशनबाट बासुदेव घोरासैनीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
- संघले नयाँ नेतृत्वसँगै दृष्टिविहीन खेलाडीहरूको सशक्तिकरण र खेलकुद विकासमा सक्रिय काम गर्ने प्रतिबद्धता जनाएको छ।
२ साउन, काठमाडौं । राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको १४औं साधारण सभा तथा पाँचौं अधिवेशन आज सम्पन्न भएको छ।
दृष्टिविहीन भएका व्यक्तिहरूलाई खेलकुदमार्फत समाजमा अघि बढाउन उद्देश्य राखी सन् २०६७ सालमा स्थापित यस संघले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
आज सम्पन्न अधिवेशनबाट बासुदेव घोरासैनीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ नेतृत्वमा अध्यक्ष वासुदेवसहित उपाध्यक्ष सुप्रभा अर्याल, महासचिव सुरेन्द्र तामाङ, सचिव सुमन घिमिरे र कोषाध्यक्ष मनिष पौडेल रहेका छन्।
त्यस्तै, कार्यसमितिका सदस्यहरूमा उपेन्द्र श्रेष्ठ, पवन घिमिरे, राजेन्द्र दुलाल क्षेत्री, सागर लामा र बिमला राई चयन भएका छन्।
संघले नयाँ नेतृत्वको चयनसँगै दृष्टिबिन खेलाडीहरूको सशक्तिकरण र खेलकुदको विकासका लागि आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया 4