News Summary
Generated by OK AI. Editorially reviewed.- काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे टोली डाना कपमा सहभागिता जनाउन डेनमार्क प्रस्थान गरेका छन्।
- काष्ठमण्डप यु-१४ र लुम्बिनी यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन्।
- टोलीमा २० खेलाडी र तीन अफिसियल गरी २३ सदस्य छन्।
४ साउन, काठमाडौं । युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे टोली शनिबार डेनमार्क प्रस्थान गरेको छ ।
काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् । टोली २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्यीय छ ।
काष्ठमण्डपकाे प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । यसैगरी लुम्बिनीकाे प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हाल्नेछन् ।
युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा यसमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।
डाना कप सन् १९८२ देखि सुरु भएको हो ।
प्रतिक्रिया 4