+
+
Shares
ब्रेकिङ: :

प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भदौ ३१ मा

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ साउन ४ गते २२:००
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भदौ ३१ मा हुने भएको छ र उनी दुई दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
  • ओलीको भ्रमण दुईपक्षीय सम्बन्धलाई बलियो बनाउने, विगतका समझदारी निरन्तरता दिने र नयाँ परियोजनाहरु अघि बढाउने उद्देश्यले केन्द्रित हुनेछ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कात्तिकमा काठमाडौं भ्रमण गर्ने आश्वासन दिएका छन्, तर भ्रमण छोटो हुने र सम्भवतः नेपालका कुनै धार्मिक वा व्यापारिक स्थलमा हुने सम्भावना छ।

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।

‘ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम छ, तर दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुन्छौं,’ प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई भन्यो, ‘दुईपक्षीय सीमा व्यवस्थापन समूह (बोर्डर वर्किङ ग्रुप) को गृहसचिव स्तरीय बैठक त्यसअघि दिल्लीमा बस्छ । नेपालले तयारी सुरु गरिसक्यो ।’

आज आइतबार बीडब्लुजीको बैठक तयारीका लागि बैठक राखिएको छ ।

गत ०८१ चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा सौहार्द बन्न नसकेको ओली–मोदी एक्लाएक्लै भेटका क्रममा सम्भवतः नेपाल भारत सीमा, चुच्चे नक्सा आदि प्रसंग उठेको थियो, जसका कारण यसपल्ट ओलीको आसन्न दिल्ली भ्रमणको सुरुवातमै यो विषयले प्राथमिकता पाउने छ ।

नेपालले संविधान नै संशोधन गरेर लिम्पियाधुरा लिपलेखको नक्सा उल्लेख गरेको छ, जसप्रति भारत ओलीसँग असन्तुष्ट छ । ओली यसअघि प्रधानमन्त्री छँदा उनको अग्रसरतामा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएको थियो ।

कात्तिकमा मोदी काठमाडौं आउने मोटामोटी समझदारी

यसअघि ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपल्ट भने आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी नेपाल आउन सक्ने आश्वासन दिएको सरकारी पक्षले बताएको छ ।

तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार मोदीको उक्त भ्रमण पनि छोटो नै हुनेछ ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?