+
+
Shares

राष्ट्रपति पौडेलद्वारा वित्त आयोग सदस्य मिश्रको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रको साउन १ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेका छन्।
  • अमरराज मिश्रले आयोग सुधारका लागि गरेको प्रयास सफल नभएपछि राजीनामा दिएको बताएका थिए।
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघ, प्रदेश र स्थानीय तहबीच स्रोत र वित्तको बाँडफाँटमा सल्लाह र सिफारिस गर्ने भूमिका खेल्दै आएको छ।

४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रको राजीनामा स्वीकृत गरेका छन् ।

साउन १ गते मिश्रले दिएको राजीनामा राष्ट्रपति पौडेलले साेही मितिबाट लागू हुने गरी स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिइन् ।

‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य पदबाट अमर राज मिश्रले दिएको राजीनामा साउन १ गते दिनाङ्कदेखि लागू हुने गरी माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

मिश्र नेपालको संविधानअनुसार गठित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा नियुक्त भएका थिए । मिश्रले आयोग सुधारका लागि गरेको प्रयास सफल नभएपछि राजीनामा दिएको बताएका थिए ।

आयोगले संघ, प्रदेश र स्थानीय तहबीच स्रोत र वित्तको बाँडफाँटमा सल्लाह र सिफारिस गर्ने भूमिका खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?