
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार मिङ्गा छिरिङ नामकी तिब्बती महिला नेपाली नागरिकता र अवैध ६ लाख ७८ हजार रुपैयाँसहित पक्राउ परेकी छन्।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रो प्रतिलिपि नेपाली नागरिकता उक्त महिलाले लिएको पाइएको छ र त्यसको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
- पक्राउ परेकी महिलालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ।
५ साउन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रि विमानस्थलबाट सोमबार एक तिब्बती महिला पक्राउ परेकी छन् ।
नेपाली नागरिकता र अवैध ६ लाख ७८ हजार रुपैयाँ फेला परेपछि उनी पक्राउ परेकी हुन् । मिङ्गा छिरिङ नामको सक्कल नेपाली नागरिकता भेटिएको प्रहरीले स्रोतले बताएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपिको रूपमा उक्त नागरिकता लिएको पाइएको छ । उक्त नागरिकता उनले कसरी बनाइन् भन्ने विषय अनुसन्धान गरिने प्रहरीले बताएको छ ।
पक्राउ परेकी ती महिलालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4