News Summary
Generated by OK AI. Editorially reviewed.- केदारमान स्थापितले विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
- केदारको यो लगातार चौथो विश्व स्ट्रेन्थलिफ्टिङ प्रतियोगितामा सहभागिता हो र सबैमा उनले पदक जितेका छन्।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले केदारमानलाई सफलताका लागि बधाइ दिएका छन्।
५ साउन, काठमाडौं । केदारमान स्थापितले १२औं विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा स्वर्ण जितेका हुन् ।
प्रतियोगितामा उनको लगातार चौथो सहभागिता हो । सबैमा उनले पदक जितेका छन् । कजाकस्तानमा भएको ११औं संस्करणमा पनि केदारले स्वर्ण जितेका थिए ।
किर्गिस्तान र भारतमा भएको क्रमशः नवौं र दसौं संस्करणमा रजत जितेका थिए ।
उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ आइतबार भेटी सफलताका लागि बधाइ दिएका छन् ।
प्रतिक्रिया 4