+
+
Shares

कतिमा किनबेच हुँदैछ आँप ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:०५

६ साउन, काठमाडौं । सिजन सकिन लागेसँगै बजारमा आँप महँगो मूल्यमा किनबेच  भइरहेको छ । सिजन सुरु हँदा प्रतिकिलो ५०-६० रुपैयाँमा किनबेच भएको आँप अहिले औसतमा १३१ रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

बजारमा अहिले मालदह र दसहरी आँप किन्न पाइन्छ । आज मंगलबार  कालीमाटी फलफूल तथा तरकारी बजारमा मालदह आँप र दसहरी आँप प्रतिकिलो न्यूनतम १२५ र अधिकतम १४० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत मूल्य भने १३१ रुपैयाँ कायम छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा गत साता मालदह आँप प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो । १ साउनमा प्रतिकिलो औसतमा १ सय २२ रुपैयाँले किनबेच भएको आँप  २ साउनमा मूल्य बढेर प्रतिकिलो १३० रुपैयाँ पुगेको थियो । शनिबार फेरि आँपको मूल्य ३ रुपैयाँ बढेर १३३ रुपैयाँ कायम भयो ।

यस्तै दसहरी आँप गत साता थोकमा प्रतिकिलो १०१ रुपैयाँमा किनबेच भएको थियो । १ साउनमा १२५ रुपैयाँमा किनबेच भएको उक्त आँप २ साउनमा  १३० रुपैयाँमा किनबेच भएको थियो ।  शनिबार भने १३२ रुपैयाँमा किनबेच भएको थियो ।

व्यवसायीहरू आँपको सिजन सकिँदै गएकाले मूल्य बढेको बताउँछन् । स्वदेशी आँप सकिएको हुँदा अहिले बजारमा भारतीय आँप किनबेच भइरहेको छ । उपभोक्ताले साउन अन्तिमसम्म आँप खरिद गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?