+
+
Shares

कुलिङ पिरियडबारे कसको के संशोधन ? (पूर्ण पाठ)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते ११:४३

९ साउन, काठमाडौं । राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयकमा परेका संशोधनको एकीकृत विवरण सार्वजनिक गरेको छ । जसमा १६ समूहमा ४३ जना संसदले संशोधन प्रस्ताव गरेको उल्लेख छ ।

निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये कुलिङ अफ पिरियडको विषयमा प्रतिनिधि सभामा भएको सहमति भन्दा फरक संशोधन नेकपा एमालेको तर्फबाट परेको छ । एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ अफ पिरियडको समय २ वर्ष नै उचित रहेको भनेर संशोधन राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेको छ ।

कुलिङ अफ पिरियड भनेको सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि निश्चित समय संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने सम्बन्धी प्रावधान हो । नेपालमा यस्तो अभ्यास प्रचलनमा छैन ।

यी लगायतका विषयमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् ।

हेर्नुहोस्, संशोधन प्रस्तावको पूर्ण पाठ-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?