News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरुका पेस बलर यश दयालविरुद्ध नाबालिग बलात्कारको आरोपमा जयपुर प्रहरीले एफआईआर दर्ता गरेको छ।
- उजुरी दिने युवती १९ वर्षकी हुन् र उनले २०२३ देखि २०२५ सम्म यश दयालले बारम्बार यौन शोषण गरेको आरोप लगाएकी छन्।
- मुद्दा भारतीय दण्ड संहिता र बाल यौन अपराधविरुद्धको कानुन (पोक्सो)अन्तर्गत दर्ता गरिएको प्रहरीले बताएको छ।
९ साउन, काठमाडौं । आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरुका पेस बलर यश दयालविरुद्ध नाबालिग बलात्कारको आरोपमा एफआईआर दर्ता भएको छ ।
जयपुर प्रहरीले उक्त कुराको पुष्टि गरेको एनडीटीभीलगायत भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख छ। प्रहरीका अनुसार उजुरी दिने युवती १९ वर्षकी हुन् ।
उनले दयालसँग दुई वर्षअघि भेट भएको र क्रिकेट करियरमा सहयोग गर्ने बहानामा बारम्बार यौन शोषण गरेको आरोप लगाएकी छन्।
एफआईआर अनुसार पहिलो घटना २०२३ मा भएको हो, जब पीडित १७ वर्षकी थिइन्। उनले दयाललाई आईपीएलको खेलका क्रममा जयपुरमा भेटेकी थिइन्। त्यसपछि सितापुरास्थित होटलमा बोलाई पहिलो पटक बलात्कार गरेको र दुई वर्षसम्म निरन्तर शोषण गरेको आरोप लगाइएको छ।
गुनासोमा पछिल्लो घटना २०२५ को अप्रिलमा आईपीएल खेल चलिरहेको बेला जयपुरमै भएको उल्लेख गरिएको छ।
मुद्दा भारतीय दण्ड संहिता र बाल यौन अपराधविरुद्धको कानुन (पोक्सो)अन्तर्गत दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया 4